एमाले महासचिव शंखर पोख्रेल जापान भ्रमणमा आउने, नागोयामा प्रशिक्षण, टोकियो जापानबासी नेपालीसग खुल्ला अन्तरक्रिया गर्ने


टोकियो

नेकपा एमालेको प्रवाश संगठन प्रवासी नेपाली मञ्च जापानको निमन्त्रणमा नेकपा(एमाले)का महासचिव शंकर पोखरेल एक साताको लागि जापान भ्रमणमा आउने भएका छन । 

जापानमा बसोबास गर्ने नेपालीहरूको सहभागितामा फ्रेब्रोओरीमा टोकोमा आयोजना हुने “प्रवासको चुनौती र राज्यले गर्नुपर्ने सहयोग” विषयमा खुल्ला अन्तरक्रिया कार्यक्रम एवं नागोयामा १ तारिक आन्तरिक प्रशिक्षण कार्यक्रम आयोजना हुने मञ्चका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिए ।

एमाले महासचिव पोखरेलले फेब्रओरी १ तारिक प्रवासी नेपाली मञ्च जापानका आयोजनमा नागोयामा त्यस क्षेत्रमा रहेका एमाले विचारसग नजिक रहेका कार्यकार्ता विच पहिलो आन्तरिक प्रशिक्षणमा सहभागि हुने तालिका रहेको छ । उक्त प्रशिक्षणमा महासचिव पोखरेलले जापानबासी नेपालीको सुझाव सुन्न एवं एमालेको विचारहरुलाई कार्यकता विच राख्नेगरी कार्यक्रम तय गरिएको छ । 

यसैगरी मञ्चको आयोजनामा सबै भन्दाबढी नेराली बसोबास गर्ने राजधानी टोकियोमा फेव्रवरी २ तारिख जापानमा क्रियासिल संघसस्थाका अध्यक्ष एवं पदाधिकारीहरु एवं जापानबासी नेपालीहरुको उपस्थितीमा खुल्ला अन्तरक्रिर्या कार्यक्रम हुने उक्त कार्यक्रममा नेकपा(एमाले)का महासचिव पोखरेलले एमाले पार्टिको योजना वर्तमान सरकारको काम एवं गैर-आवासीय नेपालीहरुको बारमा सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

खुल्ला अन्तरक्रियाका लागि संघ सस्था एवं जापानका अग्रज सामाजिक अभियान्तहरुलाई निमन्त्रण पठाई सकिएको आयोजकले जानकारी दिएका छन । खुल्ला अन्तरक्रिया टोकियोको कामता स्थित हलमा दिनको ४ बजेबाट शुरु हुने छ । 

प्रशिक्षण र अन्तरक्रियामा एमाले केंद्रीय सदस्य डा.सूर्य प्रसाद पाठक पनि सहभागि हुनेछन । 

ताजा समाचार