टोकियोमा तमुहरुले मनाए ३० औ तमु ल्होसार

टोकियो

तमु धीं जापानको आयोजनमा जनवरी २ तारिक तमुहरुले टोकियो ३० औं तमु ल्होसार २०२५  सांझ मनाएको छ ।

मुप्ही ल्हो (गुरुड) बर्गलाई बिदा र सप्रि ल्हो (सर्प) वर्गलाइ स्वागत गर्दै तमु धीं जापानले ३० औं ल्होसार टोकियोको ईकेगामी हलमा मनाएको हो ।

जापानका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको ल्होछारमा जापानमा बसोबास गर्ने तमु समुदाय सहित अन्य जातजातिको समेत बाक्लो उपस्थितिमा ३० औ ल्होछार सन्पन्न भएको तमुधीं जापानका अध्यक्ष हिमाली तमुले जानकारी दिनुभयो ।

लामा गुरु सन्दिप तमुको पुजाबाट शुरुभएको ल्होछार कार्यक्रममा प्रमुख अतिथि डा. सुवेदी सहित विषेश अतिथि NRNA ICC का उपाध्यक्ष रबिन शेरचन,एनआरएनए आईसीसीका सल्लाहकार एबम् तमु धीं जापानका संरक्षक ओम गुरूङ, NRNA जापानका अध्यक्ष, नबिन निउरे, आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवालचन्द्र लामा, जनसम्पर्क समितिका सभापति रोशन केशी, मोना अन्तराष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्का लागएतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमामा नेपालबाट जापान आएकी गायिका  उषा तमुस्यो, गाएक अमर तमु, गाएक रुपेश तमु सहित जापानमा रहेका कलाकारहरुले तमु (गुरुङ)को  मौलिक संस्कृतिक  पहिरनमा सजिएर बाजागाजा सहितको छ्याँटु / घाँटु नाच लगाएत आधा दर्जन जति आकर्षित नृत्य प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए।

तमु धीं जापानका सचिव टेकन तमुले संचालन गरेको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हिमाली  तमुले गर्नु भएको थियो भने शुभकामना मन्तब्य, कार्यक्रम संयोजक तथा उपाध्यक्ष सोममाया तमुले गर्नु भएको थियो। 

कार्यक्रमको उत्तरार्धमा संस्थालाई सहयोग गर्दै आउनु भएका कलाकारहरु, प्रमुख अतिथि लगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तस्विर सौजन्य- नमस्ते खबर

ताजा समाचार