जापानको गुन्मा केनस्थित ओईजुमीमा गुरुङ समुदायको नयां बर्ष, ल्होछार विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना हुने

टोकियो

गुरुङ (तमु) समुदायको नयां बर्ष ल्होसारको उपलक्ष्यमा जापानको गुन्मा प्रिफेक्चर (केन) मा विविध गुरुङ सस्कृतीको सांस्कृतिक प्रस्तुतिहरु सहित ल्होछार मनाउने भएका छन ।

तमु धिं किताकान्तो जापानको आयोजनमामा २०२४ डिसेम्बर ३० तारिकमा तमु ल्होछार शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रम गरि मनाउने लागिएको तमु धिं किताकान्तो जापानका अध्यक्ष विराज तमुले जानकारी दिएका छन ।

तमु धिं किताकान्तो जापानले हरेक वर्ष मनाउँदै आएको ल्होछारलाई निरंतरता दिदैं यो वर्षको गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछार नेपालबाट जापान आउने गायिका उषा गुरुङको साथमा बाल कलाकारहरु खुसी गुरुङ र प्यारी गुरुङसँगै स्थानीय कलाकारको प्रस्तुती रहने महासचिव भरत तमुले बताए ।

जापानको गुन्मा केन ओइजिमी माची ब्राजिलियन प्लाजामा हुने कार्यक्रमको प्रायोजक जापान मनि ट्रान्सफर (जेएमई) र तमुधी जापानको बिशेष सहयोग रहने आयोजक तमु धिं किताकान्तोले जानकारी दिएका छन ।

ताजा समाचार