टोकियो
टोकियो किता वार्डमा नेपाली लगानीकर्ताहरुले विश्वविद्यालय सम्मको कक्षा संचालन लक्ष्य सहित आगमी शैक्षिक शत्र देखि एसियन ब्रिज इन्टरनेश्नल स्कुल संचालन गर्ने जानकारी दिएका छन ।
आईतबार टोकियोको सिन्जुकुमा आयोजना गरिएको पत्रकार भेटधाटमा नेपाली बालवालिकाहरुलाई जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्य सहित नेपाली पट्यक्रम अनुरुप नेपाली लगानी कर्ताहरुको लगानीमा नेपाली सहित एसियन बालबालिकाहरुलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको स्कुल संचालन गरिने जानकारी गराईएको थियो । विद्यालय ब्यवस्थापन बोर्डका अध्यक्ष डा. बलराम श्रेष्ठ एवं एजुकेशन डाईरेक्टर दुर्गा पौडेलले आगमि शैक्षिक शत्रबाट संचालनमा आउने विद्यालयको लक्ष्य र तयारी, शैक्षिक पट्यक्रम एवं लगानीका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
आगमी बर्षको एप्रिल १ तारिकबाट पठनपाठन शुरु हुने विद्यालयमा किन्डर गार्डेन देखि कक्षा ४ सम्मको पढाइ संचालन हुनेछ भने हरेक वर्ष कक्षाहरु बढाउँदै लगिने योजना रहेको छ । अहिले ५० % डिस्काउन्टमा विद्यार्थी भर्ना जारी रहेको एजेकेशन डाईरेक्टर पौडेलले जानकारी दिएका हुन । करिब ७० जनाको संयुक्त लगानीमा संचालन हुने विद्यालयको ब्यवस्थापन बोर्डको सदस्यहरुमा दिनेश सिलवाल,दिनेश लोहनी,बिगेन राजकर्निकार र मनिराज सिलवाल रहेका छन् ।
अध्यक्ष डा.श्रेष्ठले दिएको जानकारी अनुसार टोकियोको मुटु किताकु स्थित खामीनाखाजातोमा संचालन हुने विद्यालयमा टोकियो सहित नजिकका साईतामा/चिवा प्रिफेक्चर लगायतका नेपाली बालवालिकाहरुलाई ध्यानमा राखिएको बताए ।
जापानमा नेपाली समुदायको लगानीमा टोकियो र आईची प्रिफेक्चरमा ४ वटा स्कुलहरुले संचालन भईरहेका छन ।