परराष्ट्र मन्त्री डा. आरजु राणाको उपस्थितीमा टोकियोमा हुने, १४ औ नेपाल फेष्टिवलको तयारी अन्तिम चरणमा

टोकियो

नेपाली दूतबास जापान, जनजाति महासंघ जापानको सहकार्यमा गैर आवासिय नेपाली संघ (एनआरएन) जापानको आयोजनमा टोकियो स्थित नाकानो वार्डको नाकानो सिकी पार्कमा २ दिन संचालन हुने १४ औ नेपाल फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

आईतबार सांझ अनलाईन मार्फत संचालन भएको पत्रकार सम्मेलनमा नोभम्बर ३० र डिसेम्बर १ तारिक आयोजना हुने १४ औ नेपाली फेष्टिवलको उदधाटन समारोहमा नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सहभागि हुने तयारी रहेको जानकारी दिएको थियो । मन्त्री राणाको जापान भ्रमणको समयमा १४ औ नेपाली फेष्टिवलको उदघाटन गरिने तयारी रहेको पत्रकार सम्मेलनमा एनआरएन जापानका महासचिव टिकाराम खरेलले जानकारी दिएका थिए ।

पत्रकार सम्मेलनमा सबै समितिका संयोजकहरुले नेपाल फेष्टिवलको तयारीहरुका बारेमा जानकारी दिएका थिए, पत्रकार सम्मेलनमा यस पटकको नेपाल फेष्टिवलमा उलेख्य संख्यामा नेपालीहरुले जापानिज साथिहरुलाई फेष्टिवल अवलोकन गराउन लिने र नेपाल भ्रमणमा जाने वतावरण बनाउन सहयोग पुग्ने विश्वास लिएका छन ।

नेपाल फेष्टिवलबाट संकलन भएको रकमबाट जापानमा नेपाली समुदयलाई परिचय र सहयोगि हुने नेपाल हाउस बनाउने लक्ष्य राखिएको नेपाल फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको थिए ।

ताजा समाचार