यहि नोभेम्बर ५ बाट जापानमा ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन हुने

टोकियो

नेपालमा लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ जापानमा पनि प्रर्दशन हुने भएको छ ।

चलचित्र “पूर्ण बहादुरको सारङ्गी“ आधिकारिक चलचित्र प्रदर्शनको अधिकार प्राप्त कम्पनि भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार आगामी नोभेम्बर ५ तारिक मङ्गलबार टोकियोको तोशिमा सिभिक हल ( Toshima Civic Hall ) हलमा प्रदर्शन गरिने जानकारी दिए ।

टिकटक, युट्युब जस्ता प्लेटफर्ममा निकै लोकप्रिय बनिरहेको ‘काँधेकुरी’, ‘रैया चादीँको’ गीत बाट चर्चामा रहेको फिल्म हलमा प्रदर्शन भए पछि झन कथा बस्तुले गर्दा विभिन्न व्यक्तित्व र धेरै दर्शकहरुको राम्रो रिभ्यू पाईरहेको छ। फिल्ममा बाबु-छोराबीचको भावनात्मक सम्बन्धको कथा छ जस्ले हरेकलाई भावनामा बाडेर रुवाँउछ । दशर्कले चलचित्रको तारिफ गर्दै फिल्मबाट अपेक्षा गरे भन्दा माथि रहेको भन्दै आ-आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को खुलेर प्रशंसा गर्दै चलचित्रको डाइलग मन पर्यो भन्दै भावुक हुँदै आँसु पुछेको समेत सामाजिक संजालमा देख्न सकिन्छ।

दर्शकहरुको व्यस्तता र सुविधालाई मध्यनजर गर्दै डेस्टिनी क्रियसन द्वारा अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको छ जसमा इच्छुक दर्शकहरुले ( https://dcticketing.com/ ) बाट सजिलै टिकट बुकिङ्ग गर्न मिल्ने छ।

ताजा समाचार