टोकियो
विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा बगरमा पलेँटी साहित्य रचना वाचन तथा संवाद डबली कार्यक्रम सम्पन्न भएको छ ।
वाको युनिभर्सिटी जापानका नृत्य प्रशिक्षक/नेपाली भाषा साहित्य संस्कृतिलाई माया गर्नु हुने विनेसाम जापानका सल्लाहकार युको ओकामोतोको विशेष अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि युको ओकामोतो, सगित गृष्मा पौडेल, प्रमोद श्रेष्ठ, उमेश तिमल्सिना, अमरदेव वास्तोला, बिमान किराती, शिवराज राई, शारदा पाण्डे, विजय स्याङ्बो, सयपत्री थुलुङ, गंगा गगन, डेनी राई, राजन घले, म्यामराज राई, रामचन्द्र न्यौपाने, राजन कुलुङ, सम्झना चाम्लिङ, प्रदिप शर्मा लगायत दुई दर्जन बढी सर्जकले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष रविन्द्र दिखुक्पाको अध्यक्षता, उमेश तिमल्सिनाले सहजीकरण रहेको कार्यक्रममा अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, साहित्यिक चौतारी नेपालका संरक्षक / सल्लाहकार तथा निवर्तमान अध्यक्ष कवि अमरदेव बास्तोला, याक्थुङ चुम्लुङका प्रतिनिधि विष्णु आङदेम्बे अतिथिका रुपमा उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।