जापानी सिनेमा हलमा प्रदर्शन हुने नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को तयारी पुरा

टोकियो

निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को जापान प्रर्दशनको सबै तयारी पुरा भएको छ ।

बिहीबार घटस्थापनाको शुभदिन पारी नेपालमा प्रर्दशन प्रारम्भ भएको फिल्मको जापानको लागि भने टोकियो ड्रिम्स ईन्टरटेन्टमेन्टले राईट लिएको छ । दशैंको पहिलो दिनबाट प्रर्दशन शुरु भएको फिल्मले शुखद ओपनिङ पाएको छ ।

अक्टुबार ५ तारिक सनिबार सांझ ५ बजे टोकियोको सिनागावा स्थित ओमोरीमा रहेको किनिका सिनेमा हलबाट ‘बेहुली फ्रम मेघौली’को जापान प्रर्दशन शुरु हुने छ । त्यसैगरी ६ तारिक सांझ ५ बजेबाट ईकेबुकुरोको हुमेक्स सिनेमा र खावागुचिमा रहेको स्किपसिटि सिनेप्लाजामा एक साथ यो फिल्म प्रर्दशन हुने भएको छ ।

जापानमा रहेको नेपाली दर्शकको अनुरोधलाई मध्यनजर गरिजापान्ज सिनेमा हलमा प्रर्दशन गरिने तयारी गकिएको ‘बेहुली फ्रम मेघौली’को टिकट दर भने सबै ठाउमा ३ हजार ऐन तोकिएको छ भने फिल्म ‘बेहुली फ्रम मेघौली’को १० अक्टुबार ओसाका १३ अक्टुबर नागोया र गुन्मा त्यसैगरी फुकुओका, तोचोगी एवं ओकिनावामा पनि फिल्म प्रर्दशन गरिने आयोजकले जानकारी दिएका छन ।

साजन काफ्ले आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्म नेपाली समाजमा विद्यमान विवाह संस्कार र पद्दतिमाथि आधारित छ । उमेरले ३० पुगेकी युवतीलाई योग्य वर पाउन हुन सकस र संघर्षको कथा यसमा छ । सोसल ड्रामा यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा छिन् ।

१२९ मिनेट रनटाइमको यो फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्राप्त छ ।

जापानमा प्रर्दशन हुने मिती स्थान र समय

ताजा समाचार