टोकियो
दक्षिण जापानको कोमामोतो,खागोसिमा, फुकुओका एवं यामाजाकि शहरमा चक्रवात-१० को प्रभाव देखिएको छ ।
चक्रवातसगै ठुलो हावाहुरि एवं अधिक बर्ष विहिबार र शुक्रबारमा जारी रहेने एवं यसले अझ बढि क्षति पुर्याउन सक्ने भन्दै सुरक्षित रहन सूचना जारी गरिएको छ ।
विहिबार विहान सम्म १ जना हराईरहेको एवं कम्तिमा ४० जना चक्रवातका कारण घाईते बनेको एनएचकेले जानकारी दिएको छ ।
चक्रवातका प्रभाव शुक्रबार सांझ रहन सक्ने अनुमान गरिएको छ ।
यसैविच त्यसक्षेत्रमा बसोबास गर्ने नेपालीहरु सुरक्षित रहेको नेपाली दूताबास टोकियोले जानकारी दिएको छ ।