टोकियो
नेपाली जनसम्पर्क समिती जापानमा सुस्ताएको संगठनलाई चलायमान बनाउने उदेष्य सहित कान्तो क्षेत्रिय समितिको आयोजनामा आगामी सेप्टम्बर १५ तारिक बनभोज कार्यक्र गर्ने भएको छ ।
सेप्टम्बर 15 तारिख आईतबार एक रात बस्नेगरी तयारी गरिएको बनभोज जापानका चर्चित पर्यटकिय स्थल निक्कोमा गरिने कान्तो क्षेत्रिय समितिले जनाएको छ । समितिले आगामी अधिबेसन बाट चयन हुने नया नेतृत्वको छलफल बर्तमान नेतृत्वको समिक्षा एवं समस्या र चुनौती लाई छलफल बाट टुगाउदै छिट्टै सगठन ले नया नेतृत्व पाउने अपेक्षा लिदै आन्तरिक वनभोज सहितको छलफलमा जुटने विस्वास सहित बनभोज आयोजना गरिएको बताईएको छ ।
नेपाली काग्रेस लिदै आएको राष्ट्रियता ,लोकतन्त्र र समाजबाद लाई जनजनको मन मा पुराउने प्रयत्न मा सगठनलाई अझ सशक्त बनाउन पर्ने आज को आवाश्कता रहेको हुदा ,जनसम्पर्क समिती जापानको लामो समय सम्म रहेको गतिरोध लाई ,छलफल ,बहस र समिक्षा बाट अब को अधिबेसन तय गर्नु पर्ने हुदा,आम शुभचिन्तक र सदस्यहरुको सुझाब , हरेक क्षेत्रिय कमिटी हरुको सक्रियता बाट सम्भब रहेने हुदा ,कान्तो क्षेत्रिय कमिटी मनोरन्जन सग हाम्रा र राम्रा मनहरुलाई जोडन सकिने बताएको छ ।
सगै रमणयिय वातावरणमा नेपाली मन सगै आफ्नो पन को आनन्द लिन निको मा रहेको जंगल ,खोला र प्रकृति सग रमाउने सकिने भएकाले सहभागिताका लागि कार्यक्रम संयोजक अर्जुन कडेल (घनश्याम ) लाई सम्पर्क गरिदिनुहुन कान्तो समितिले सबैमा अनुरोध गरेको छ ।