टोकियो
जापानमा क्रियासिल बडागाउ सेवा समाज जापानले हरितालिका तिजको अवशरमा सांगितिक कार्यक्रम सहित निशुल्क दर खुवाउने भएको छ ।
बडागाउ सेवासमिति जापानका निशान जिसीले दिएको जानकारी अनुसार जापानको ब्यस्त समय एवं घर र माईतिको यादमा जापानमा रहेका नारीहरुलाई हरितालिकको अवशरमा नेपालबाट जापान आउने गायक नरेश खाती, जापानमा रहेका कलाकारहरु शिव केसी र खेमराज पौडेलको बेजोड प्रस्तुतीमा हरितालिकको कार्यक्रम हुने बताउनु भयो ।
तोसिमा वार्डको सुगामोमा रहेको राईनो किचनको हलमा आयोजना हुने बृहत तिज कार्यक्रममा अगष्ट महिनाको २७ तारिकममा सांझ ५ बजेबाट राति ११ बजे सम्म संचालन हुने समाजका अध्यक्ष बाबुराम जिसीले जानकारी दिदै नारीहरुलाई निशुल्क दर खुवाउने तयारी तिब्र पारिएको एवं कार्यक्रमको खर्च समाजका अगुवा एव सहयोगिहरुबाट पूर्ति गरिने बताउनु भयो ।
लोकप्रिय कलाकार सहितको उपस्थितीमा हुने कार्यक्रममा हुने निशुल्क दर खाने कार्यक्रममा सहभागि भईदिन आयोजकले अनुरोध गरेको छ ।