ताईफु ७ को प्रभावः टोकियो र चिवा क्षेत्र प्रभावित, ट्रेन र हवाई उडानहरू रद्द

टोकियो

ताईफु : ७ नाम दिईएको ताईफुले शुक्रबार सांझ कान्तो क्षेत्रको टोकियो, चिवा हुदै ईबाराकी क्षेत्रमा ताईफुको प्रभाव देखिएको छ । खानागावा केनको समुन्द्री क्षेत्र, टोकियोको समुन्द्रसग जोडिएको वार्डहरु एवं चिवालाई प्रभावित बनाएको छ ।

चर्को पानिसगै आएको हावा हुरीले टोकियोको सिबुया वार्डमा रुख ढल्दा गाडीमाा क्षति पुगेको छ भने चर्को हावाहुरीको कारण जनजिवन प्रभावित हुन पुगेको छ ।

ताईफुको कारण टोकियो, नागोया बीचको आउने र जाने बुलेट ट्रेन आज दिनभर संचालन भएनन भने सयौँ आन्तरिक हवाई उडानहरु समेत रोकिएका छन ।

ताईफुको प्रभाव टोकियोमा पनि समुन्द्र नजिकको वार्डमा परेपनि समुन्द्र सतहबाट टाढा रहेका ठाउमा भने सामन्य प्रभाव परेको छ ।

१६ तारिखको अवस्था हेरेर रेल तथा हवाई सेवा संचालनका बारेमा १७ तारिखका निर्णय गरिने समाचार छ ।

ताजा समाचार