काठमाडौं
नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित ३ सय ४४ सदस्य रहेको केन्द्रीय कमिटी टुंग्याएको छ । अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले छलफल पछि टुंग्याएको केन्द्रिय कमिटिमा जापानका दोर्ण सिलवाललाई पनि समावेस गरिएको हो ।
निष्पक्ष न्यूजसग कुरा गर्दै सिलवालले पार्टिले प्रवाशबाट आफुलाई छानेकोमा पार्टि र नेतालाई आभार ब्यक्त गर्दै आफ्नो जिम्मेवारी अझ बढेको बताउनु भयो । नुवाकोटमा जन्मिएका सिलवाल विगत २३ बर्ष देखि जापानको निगातामा ब्यवसाय गरिरहेका छन । ।
तिन नेता बसि टुंग्याएका ३ सय ४४ जना केन्द्रिय कमिटिको नामवालीमा सिलवालको नाम १ सय ७८ नम्बर रहेको छ । सिलवाल यस भन्दा अगाडी प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्ष, एव पूर्वि एसिया क्षेत्रका ईन्चार्जको जिम्मेवारी निभाएका थिए ।

१६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।
‘प्रस्तावित नामहरुलाई तीन नेता बसेर टुंग्याउनुभएको छ’ प्रवक्ता जगनाथ खतिवडाले भने, ‘केन्द्रीय सदस्यहरुको नामावली टुंग्याउँदा कमिटीलाई पनि पूर्णता दिइएको छ ।’ अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरुको नाम टुंग्याएका जानकारी दिएका छन ।