टोकियो
जिवन सुन्दर छ, त्यहि सुन्दर जिवनको रङलाई जिवनको रङहरुको सुनौल रङ पहिल्याउने एउटा सार्थक नाम हो राधिका दासी । उनै राधिका जुन महिनामा जापान आउने हुनुभएको छ।
उहाले के भोग्नुभएन, सुन्दर जिवनको कोपिलामा नै उहाले भोगेका दुःखका पानाहरु अहिले पल्टाउदा पनि शरिर भरि नै सिरिङगा हुनेगरी काडा उम्रने गर्दछ ।
राधिका दासी १८ बर्षको उमेरमा विबाह गरेपछि घरमा भएको बेमेल, दुर्ब्यसानी श्रीमान, बुहारीलाई दुःख दिने घरपरिवार र छोराको जन्मपछि जिवनको नयां बाटो पहिल्याउन नेपाल र भारतको बिभिन्न मन्दिरको यात्रा पछि भारतको वृन्दावनको बसाईले जिवनको रङहरुलाई सबैको सामु कहिले पुराण वाचन गरेरआउनुहुन्छ भने कहिले जिवनको भोगाईका कला समेटेर जिवन भोगाईलाई सहजबनाउनुहुन्छ त अनाथ वालवालिकाको जिवन यापान मात्र होईन पुरै जिवनलाई जिम्मा लिने गर्नु भएको छ ।
मुस्किलमा परेका वालवालिका होस वा महिला होस जसलाई सहयोगको आवस्यकता छ, उनिहरुको लागि जिउने प्रण गरेका वहॉले दुई वटा विषयमा मास्टर्स गर्नुभएको र काठमाडौंमा बसेर पढ्नुभएको राधिका दासी यसरी चन्दन घसेर पुराण सुनाउदै समाजमा रहेका असाहयलाई सहयोग गर्दैआउनुभएका राधिकाले भाग्यले यसरी घुमाएर ल्यायो कि वहॉले आफ्नो जीवनलाई ‘खेर’ फाल्नुभन्दा समाजको हितमा खर्चिने निर्णय लिइन्।
‘म पहिला शिक्षिकाका रूपमा बालबालिकालाई ज्ञान प्रदान गर्थें,, ‘आज अभिभावकलाई पनि बुझाउने ठाउँमा छु।’ हिंसामा परेका महिलाले दबिएर बस्न नहुने वहॉको भनाइ छ। ‘सबैलाई प्रेरणा दिने गरी काम गर्नुपर्छ,’ वहॉले भन्नुहुन्छ, ‘माया घरमा मजस्तै हिंसामा परेका र अझ बस्ने घर नपाएका महिलाहरूलाई समेत आश्रय दिने योजना छ।’
जापानमा बसोबास गर्ने नेपालीहरुको अनुरोधमा जापान आउनुभएको छ । जापानको फुकुओकाबाट राधिकाको यात्रा शुरु हुने आयोजक मध्यका एक कामना भन्डारीले जानकारी दिननभयो । फुकुओका, ओसाका, नागोया सहित टोकियोमा पनि उहांको कार्यक्रम आयोजना गरिएको छ । यहि जुन २२ तारिक ११ बजेबाट टोकियो सिनओकुबो स्थित सोलमारी हलमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैलाई अनुरोध गरेको छ ।