टोकियो
अभिनेता अनमोल केसी आफ्नो चलचित्र नयां चलचित्र “फर्की फर्की” प्रिमियर शोमा सहभागी हुन जुन ८ तारिक जापान आउने भएका छन ।
जुन ९ तारिकमा टोकियोमा हुने नेपाली चलचित्र “फर्की फर्की” को रेड कार्पेट प्रिमियर शोमा सहभागी हुन अनमोल असार २६ गते ८ तारिक जापान आईपुग्ने “फर्की फर्की” का जापान ब्यवस्थापक सुभास लामिछानेले जानकारी दिएका छन । अनमोल टोकियोमा हुने प्रिमियर शोको नेतृत्व गर्नेछन भने आफ्ना प्रशंसक सग प्रत्यक्ष भेटने कार्यक्रम रहेको आयोजकले निष्पक्ष न्यूजलाई दिएका छन ।
नायक अनमोल केसी नेपालीहरुको बाक्लो बसोबास भएको जापानको नागोया , ओसाका, फुकोओका लगाएतका शहरहरुमा पनि सहभागि हुने बताईएको छ । पछिल्लो समय जापानमा नेपाली चलचित्रलाई मन पराउने दर्शकहरुले राम्रो साथ पाएका छन ।
चलचित्र “फर्की फर्की” जुन ९ तारिक टोकियोको नाकानो जिरो हलमा साँझ ६:३० बजे बाट प्रदर्शन हुने छभने चलचित्र हेर्नका लागि टिकक खै डट कम बाट अनलाइन मार्फत पनि खरिद गर्न सकिने बताइएको छ।