टोकियो
टोकियोकोमा शनिबार देखि शुरु भएको मोना नेपाली फेष्टिवलको दोश्रो तथा अन्तिम दिन आईतबार पनि जारी रहनेछ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान र टोकियो इतावासी वार्डको सयुक्त आयोजनमामा नेपालको पर्यटन र सांस्कृतिक चिनारी गराउदै जापान र नेपाली विच रहेको सम्बन्धलाई प्रगाढ बढाउन अप्रिल २७ र २८ तारिक नेपाल फेष्टिवलको आयोजना गरिएको मोना अन्तराष्ट्रिय समितिका अध्यक्ष ददिवल खडकाले जानकारी दिनुभयो ।
फेस्टिवलको पहिलो दिन फेष्टिवलमा दर्शकको उपस्थितले आयोजनाको उदेष्यको सार्थकता पुष्टि भएको मोना जापानका अध्यक्ष विशाल केसीले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।
मोना फेष्टिवलमा आज पनि नेपाली कला सस्कृती झल्कने प्रस्तुती सहित जापानिज कला र सस्कृतीक बिबिध प्रस्तुती रहने आयोजक मोना जापानले जानकारी दिएको छ ।