टोकियो
गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय समितिको संयोजकत्वमा नेपालको नयां वर्ष (बिक्रम सम्वत) को अवशरमा फुकुओकामा आयोजना हुने नेपाल फेस्टीवलको तयारी पुरा भएको छ ।
फेस्टीबलमा नेपालको पहिचानका रुपमा रहेको पर्यटकीय क्षेत्रको जानकारी, नेपाली खानाका स्टलहरु र जापानीज निकायहरुबाट विभीन्न जानकारी मुलक स्टलहरु तथा नेपाल आईडल सिजन- २ को बिजेता रबी ओड सहित जापानमा रहेका कलाकारहरुको प्रस्तुती रहेने आयोजकले जानकारी दिएका छन ।
फुकुओकामा क्रियासिल नेपाली संघ सस्थाहरु फुकुओका नेपाल सोसाइटी, नेपाल जापान फेन्डसीप लायन्स क्लब, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, लगायतका सयुक्त सहकार्यमा आयोजना नेपाल चिनाउन आयोजना गर्न लगिएको फुकुओका नेपाल फेष्टिवलको तयारी पुरा भएको एनआरएनए क्षेत्रिय समितिका संयोजक विवेक बुढाथोकिले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।
यहि अप्रिल ६ तारीक शनिबारको दिन तेन्जीन सेन्ट्रल पार्कमा आयोजना हुने नेपाल फेस्टीबलमा नेपाली कला सस्कृति, भेषभुषा, पहिचान, पर्यटकीय प्रवद्र्धनका साथै नेपाल र जापानलाई अझ नजिक बनाउन सहयोग पुग्ने उदेष्य रहेको छ ।
फेष्टिवलमा फुकुओका तथा क्युस्युमा बसोबास गर्ने नेपालीहरु र जापानीज नागरीक गरी करीब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरीएको छ ।
जनजाति महासंघ क्युस्यु सहभागि नहुने
यसैविच आदिवासी जनजाति महासंघ क्युस्युले एक विज्ञप्ती प्रकासित गर्दै फुकुओका फेष्टिवलमा आदिवासि जनजाति महासंघ सहभागि नहुने जनाएको छ ।
महासंघले नेपाल चिनाउने फेष्टिवलमा सबैलाई समेटन नसकेको एवं छलफलमा क्युस्युमा क्रियासिल संघ सस्थाहरु विच फेष्टिवल पालैपालो संयोजक हुनेगरी आयोजना गरिनु पर्ने भन्दै माग गरेको त्यो माग सुनुवाई नभएको भन्दै फुकुओका फेष्टिवलमा सहभागि हुन नसक्ने विज्ञप्तीमा जनाएको छ ।