फुटबल खेल्न जापान आईपुगेका १२ बर्ष मुनिका खेलाडीहरुलाई टोकियोमा स्वागत

टोकियो

मार्च २९ बाट जापानको टोकियो र सिजुओकामा आयोजना हुने कोपा टोरेरस कप (यु १२)उमेर समुहको फुटबल खेल खेल्नका लागि १२ बर्ष मुनिका नेपाली टोलि जापान आईपुगेका छन ।

नेपाल सहित विश्वको बिभिन्न देशहरुबाट सहभागिता जनाउने प्रतियोगितामा १२ खेलाडी छनौट भएका छन । जसअनुसार कास्कीका विकल भुजेल (लक्षु), सक्षम पौडेल, निशान भण्डारी, बागलुङका रिगेन श्रीष, गोरखाका कर्मा लामा, ललितपुरका सिद्धार्थ राई, पर्वतका विजन बसेल, संकल्प अधिकारी, सिन्धुपाल्चोकका सोजिन तामाङ, काठमाडौंका रोजन नारायण श्रेष्ठ, अर्नभ विक्रम शाह र सिन्धुलीका प्रिन्स मोक्तान रहेका छनभने प्रर्शिक्षकमा नेपाली राष्ट्रिय महिला फुटबलका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, टिम म्यानेजर बिजी फुटबल एकेडेमीका सञ्चालक किशन गौचन पनि जापान आईपुगेका छन ।

नेपाली टोलिलाई जापानका लागि नेपालको राजदूत डा दुर्गा बहादुर सुवेदी, गैरआवसीय नेपाली संघ (आईसिसि) का उपाध्यक्ष रोविन शेरचन, मोना(आईसिसि) का अध्यक्ष ददिवल खडका, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली लगायतले खेलाडी तथा अफिसियलाई स्वागत गर्दै फुटबल खेलमा सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।

बसन्त गौचन (BG) फुटवल एकेडमीको सहकार्यमा नेपालबाट जापान आईपुगेका खेलाडीहरुको सम्मानमा विहिबार डिनर कार्यक्रमको आयोजना गरिएको थियो ।

ताजा समाचार