किरात याक्थुङ चुम्लुङ(कियाचु) जापानको छैटौं महाधिवेशन सम्पन्न,अध्यक्षमा मनकुमार तुम्सा

टोकियो

किरात याक्थुङ चुम्लुङ जापानको छैटौ महाधिवेशन भव्यताका साथ सम्पन्न भएकोछ।

आईतबार टोकियोमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । कियाचु जापानको इतिहासमा पहिलो पटक लोकतान्न्त्रीक पद्दतिको प्रयोग गरी निर्वाचनको माध्यमबाट कार्यसमिति चयन गरिएको हो ।

अध्यक्षमा मन कुमार तुम्सा, वरिष्ट उपाध्यक्षमा बालबिक्रम तिगेला, उपाध्यक्षमा रेखा तुम्बाहाम्फे र दुर्गा नेम्बाङ, महासचिवमा सिसाम मादेम्बा र उपमहासचिवमा सुजन आङ्बो, सचिवमा लोकेन नेयोङहाङ र सानु योङ्हाङ त्यस्तै कोषाध्यक्षमा कल्पना चेम्जोङ सहकोषाध्यक्षमा लासेमी केरूङ निर्वाचित भएकाछन् भने सदस्यहरूमा सुजन मादेन लिम्बू , बाल किशोर चेम्जोङ्,बिस्णु कुमार आङ्देम्बे,उषा कन्दङ्वा,केसिका लिम्बुखिम,निशाम आङ्देम्बे,कबिन्द्र सम्बाहाम्फे , दिपक इङनाम, अन्जना लिङखिम, पुर्णिमा जबेगु, इक्सा सम्बाहाम्फे, भुमिका चेम्जोङ्, शाकिला आङदेम्बे, तान्छोहाङ नेम्बाङ, नाम्लिङ येक्तेन निर्वाचित भएकाछन् ।

महाधिवेशनको खुलासत्रलाइ प्रमुख अतिथिको रूपमा कियाचु संघिय परिषदका अध्यक्ष प्रेम ऐक्तेनले जुम भर्चुअल मार्फत सम्बोधन गर्दै शुभकामनाबाट शुरु भएको थियो । त्यसैगरी नेपाल आदिवासी जनजाती महासंघ जापानका कार्यवहाक अध्यक्ष श्री गुरूङ, एनआरएनए जापानका उपाध्यक्ष सुवास लामीछाने, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचन, नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज जापानका अध्यक्ष कार्साङ तामाङ, समाजसेवी तथा सफल व्यवसायी निमा लामा लगायतले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

गायक बिष्णु आङ्देम्बेको मौलिक गायन तथा गायक चिरन लाबुङले आफनो प्रस्तुती दिएका थिए ।

सुदिप पालुङ्वाको अध्यक्षतामा भएको कार्यक्रमबाट २१ बुंदे घोषणा पत्र जारी जारी गरिएको छभने महासचिव मुक्साम लावतीले सञ्चालन गरेका थिए ।

ताजा समाचार