टोकियो
टोकियोको ब्यस्त मध्येको एक आकिहाबार स्ट्रेशनमा ट्रेन भित्र चक्कु प्रहार हुदा कम्तिमा चार जना घाईते भएको जापानिज समाचार सस्था एनएचकेले जनाएको छ ।
मंगलबार राति करिब ११ बजेको समयमा महिलाले ट्रेन भित्र चक्कु प्रहार गर्दा चार जना यात्रुहरु घाईते भएका छन । घाईते मध्ये अधिकासको हात, ढाड र छातिमा चक्कु प्रहार गरेपनि घाईतेहरु खतरमुक्त रहेका बताईएको छ । ति महिलाले के कारणले चक्कु प्रहार गरिन त्यसको जाच भईरहेको प्रहारीले जानकारी दिएको छ ।
आकिहाबार स्ट्रेशन पुगेपछि चक्कु प्रहार भएको भन्दै प्रहरीलाई खबर गरेपछि आकिहाबार स्टेशनमा सुरक्षाकर्मिको ब्यापक परिचालन गरिएको छ ।
नयां बर्षको आगमन सगै जापानमा भूकम्प हवाई जहाजमा आगलागि लगाएका घटनाहरु प्रत्येक दिन जस्तो समाचारहरु आईरहेका छन ।