टोकियो
अर्घाखाँची समाज जापानको मंगलबार सम्पन्न पांचौ अधिवेशनले कृष्ण केसीको अध्यक्षमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा, टोप बहादुर घर्ती मगर, गोविन्द बिष्ट र मनीष खनाल, महासचिवमा अर्जुन आचार्य चयन भएका छनभने सचिवमा अभिनाश जीसी, सरोज भुषाल, अशिम खनाल रहेका छन् । यस्तै कोषाध्यक्षमा निरंजन खड्का र सह-कोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्।
जापानका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यततामा सम्पन्न भएको कार्यक्रममा नेपाल ब्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, पत्रकार महासंघ जापानका उपाध्यक्ष इन्दिरा खनाल समाजका पूर्व अध्यक्ष बाबुराम पौडेलले मतब्य राखेका थिए ।
समाजका अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको उदघाटन सत्रको सहजीकरण महासचिव नारायण भुसालले गरेका थिए ।