स्मारीका विमोचन गरिने
टोकियो
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको चौथो अधिवेशन आगमि सेप्टेम्बर ३ तारिक हुने भएको छ ।
जापानमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाई फोनिजमा आबद्द गराउने उद्देश्यका साथ नयां सदस्यता आह्वान सहित रिनु गर्नका लागि सूचना जारी गरिएको फोनिज अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
फोनिज जापान स्थापनाको गरिमामय ७ बर्षपूरा गरी ८ औँ बर्ष प्रवेश गरेको अवसरमा प्रकाशित “फोनिज आवाज” स्मारिकाको विमोचन कार्यक्रम एकै साथ गरिने तयारी गरिएको सचिव सजिना मोक्तानले बताउनु भयो ।
स्मारिकामा जापान तथा अन्य देशमा रहेका बौद्धिक ब्यक्तित्वहरुको लेख, रचना, बिचार तथा शुभकामना सहित जापानमा रहेका एकलजातिय संस्थाहरुको संस्थागत प्रोफाइल, र जनजाति कलाकारहरूलाई नेपाली कला, साहित्य र गीत संगीतको क्षेत्रमा लाग्न हौसलामिलोस् भन्ने उद्देश्यले जनजाति कलाकारहरूको प्रोफाइल स्मारिकामा समेटिएको फोनिज जापानले जनाएको छ ।
३ सेप्टेम्बर २०२३ (भदौ १७ गते ) आइतबार बिहान ११:३० बजे ( जापानी समय)मा Kathmandu lounge & Bar (नेवा डाइनिङ) माहुन गइरहेको कार्यक्रममा जनजाति पत्रकारहरूको संङ्गठन फोनिज जापानद्धारा प्रकाशित स्मारिका विमोचन कार्यक्रममा यहाँकोअभिभावकत्व र महत्वपूर्ण विचार विमर्शका साथै कार्यक्रममा सरिक भईदिन फोनिज जापानले अनुरोध गरेको छ ।