जापानको किता क्युस्युमा दैनिक घरखर्च चलाउन राहत लिन बाध्य नेपाली बिद्यार्थीहरु

टोकियो

जापानिज भाषा बिद्यार्थी भिषामा जापानको किताक्युस्यु आएका नेपाली विद्यार्थीहरुले दैनिक घर खर्च चलाउन नसकेपछि राहत लिन बाध्य भएको समाचार छ ।

जापानिज समाचार निसिनिहोन सिम्बुनले जनाए अनुसार किता क्युस्युमा एकैपटक ३ सय जनाभन्दा बढि बिद्यार्थी आईपुगेपछि उनिहरुले विगत ६ महिनादेखि काम नपाएको कारण राहत लिन बाध्य हुनुपरेको समाचार छ ।

निसिनिहोनले तस्विर सहित केहि नेपाली बिद्यार्थीहरुले राहत लिएको तस्विर सार्वजानिक गर्दै पार्टटाईम काम नपाएको र सगै लिएर आएको पैसा सकिएपछि स्थानिय र केहि सहयोगी सस्थाहरुले बिद्रार्थीहरुलाई आवस्यक सहयोग गरिएको बताईएको छ ।

समाचारमा जनाईए अनुसार करिब साँढे २ घण्टा जति लाईन लागेर बिद्यार्थीहरुले सामानहरु लिएर गएको बताइएको छ। महिनाको ३ तारिख साँझ बजार क्षेत्रमा करिब १६० जना नेपाली युवाहरु स्थानीय सरकार र सहरका अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग संगठनहरूले निःशुल्क दान गरिएको रोटी, तरकारी, पानी, चामल, आदि लिनको लागि लाईनमा उभिएको समाचारमा उल्लेख गरिएको छ।।

जापान सरकारले सीमानामा खुकुलो पारेसंगै वर्षको मेदेखि जुनसम्म ३ सय १० विद्यार्थीहरु भाषा पढ्नका लागि आएको समाचारमा जनाईएको छ ।

ताजा समाचार