टोकियो
गैर आवासीय नेपाली संघ जापानको जुलाई ३० तारिकमा हुने निर्वाचनमा सबै उम्मेदवारहरुको नामवली निर्वाचन समितिले प्रकाशित गरेको छ ।
जारी नामवलीहरुमा अध्यक्ष पदमा चार जना उपाध्यक्ष पदमा ८ जान महिला उपाध्यक्ष पदमा २ जना महासचिवमा ३ जना कोषध्यक्ष पदमा ४ जना सचिव पदमा ६ जना सहकोषध्यक्ष पदमा २ जना युवा संयोजकमा २ जना सदस्मय पदमा १७ जना महिला सदस्यमा २ जना आईसिसि सदस्यमा ९ जनाको उम्मेदवारी परेको छ भने महिला सचिवमा चन्द्र केसी महिला सहकोषध्यक्षमा अन्जु भन्डारी र महिला संयोजकमा हेमा पाण्डे भने निरबिरोध भएको भएका छन ।