टोकियो
गैरआवसीय नेपाली संघ(एनआरएनए) जापानको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन ।
दुई बर्षको कार्यकाल रहने कार्यसमितिको अध्यक्ष पदमा वरिष्ट उपाध्यक्ष नविन न्यूउरे सहित तिन उपाध्यक्षहरु राज कुमार अधिकारी संगिता अधिकारी सुवेदी सहित रामकृष्ण श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस पटकको निर्वाचनमा वर्तमान कार्यसमितिका महासचिव सिद्दार्थ श्रेष्ठको चर्चा अध्यक्ष पदमा रहेको भएपनि श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएपछि चार जना विच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको हो ।
एनआरएनएन अभियानमा आष्ट्रेलिया,जापान युरोप र अमेरीका क्षेत्रले अहिले सम्म नेतृत्व लिएका कारण जापानक निर्वाचनलाई महत्वका साथ हेरिने गरिएको छ । अध्यक्ष पदका उम्मेदवार नविन न्यूउरे चिवा, राजकुमार अधिकारी नागोया, संगिता अधिकारी सुवेदी टोकियो र रामकृष्ण श्रेष्ठ फुकुओकाका हुन ।
निर्वाचन तालिका अनुसार बुधबार सम्म उम्मेदवार माथि दावि विरोध र नाम फिर्ताको समय तोकिएको छ ।
एनआरएन जापानको अनलाईन मार्फत ३० तारिक मतदान हुने छ ।