टोकियो
जापानको यामागुची प्रान्तको ईमाजु नदिमा पौडी खेल्ने क्रममा ज्यान गुमाएको कृष्ण कंडेल र प्रितम खरेलको अन्तेष्टि शुक्रबार जापानमा नै गरिने भएको छ ।
बुधबार दिउसो काम सकाएर घर नजिकको नदिमा ४ जना साथिहरु सहित पौडि खेल्न गएका बाग्लुङ बिहु घर भएका २८ बर्षिय कृष्ण कंडेल र गुल्मी दलल्का घर भएका २२ बर्षिय प्रितम खरेलको डुबेर मृत्यु हुन पुगेको थियो ।
दिउसोको रेष्टुरेन्ट (लन्च समय) काम सकाएर रेष्टुरेन्टको कामहरु सकाएर नदिमा पौडि खेल्न गएका कंडेल र खरेल एक घन्टाको विचमा खोलामा डुब्न पुगेको सगै पौडि खेल्न गएका साथिहरुले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।
गुल्मी घर भएका धनपति खरेलका माहिला छोरा २२ बर्षिय छोरा प्रितम खरेल ४ सन्तान मध्ये जुम्लिया सन्तान हुन ।
कुक भिषामा श्रीमति सहित जापान बसोबास गरेका कृष्ण कंडेल पारिवारिक सदस्यहरु पनि जापानमा रहेको बुझिएको छ ।
प्रितमका बुबा र आमा एकहप्ता अघि नेपाल गएकोमा यो घटना पछि विहीबार जापान आईपुगेका छन ।
शुक्रबार अन्तेष्टि गरिने
पौडि खेल्ने क्रममा मृत्यु भएका कंडेल र खरेलको शुक्रबार विहान श्रद्धान्जली सभाको आयोजना गरिने एवं सहभागि भईदिन सबैमा परिवारले अनुरोध गरेको यामागुचीबाट विपिन कंडेलले जानकारी दिएका छन ।
विहिबार प्रितम खरेलका बुबा आमा नेपालबाट जापान आईपुगेपछि प्रहरीले कृष्ण कंडेल र प्रितम खरेलको शव परिवारलाई बुझाएको थियो । शुक्रबार विहान ८ तिसबजेबाट श्रद्धान्जली सभा हुने र त्यसपछि अन्तेष्टि शुरुहुने बताईएको छ ।
मंगलबार पौडि खेल्ने क्रममा दुबै नेपाली युवाको मृत्यु भएको थियो ।
अन्तेष्टि हुने समय र स्थान
1 Chome-2-15 Imazumachi, Iwakuni, Yamaguchi 740-0017
समय विहान ८ बजे