टोकियो
गैर आवसीय नेपाली संघ(एनआरएनए) जापानको कोषाध्यक्ष पदमा निगाताका दिपक सुनारले उम्मेदवारी दिने घोषणा गरेका छन ।
वर्तमान कार्यसमितिको सहकोषाध्यक्ष रहेका सुनारले आगामी कार्यकालका लागि “संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपककोउम्मेदवार” नारा सहित कोषाध्यक्ष पदमा दावेदारी सहित उम्मेदवारी घोषणा गरेका हुन ।
सुनारले मतदातासग प्रस्तुत गरेका लक्ष्यहरु
वर्तमान २०२१-२०२३ को कार्याकालमा पनि कोषलाई नजिकबाट नियालि आफ्नो जिम्बेवारी पुर्णरूपमा काम गर्दै आएको छु । रजापानबासी संपुर्णलाई डिजिटल मार्फतआर्थिक पारदर्शिता हुनेगरि काम पनि गर्दै आएको छु ।
अहिलेको वर्तमान समय प्रविधि र विज्ञानको समय हो। यदि निकट भविष्यमा म NRNA JAPAN को कोषाध्यक्ष पदमा निर्वाचितभएको खण्डमा NRNA JAPAN लाई कोष बृदि प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छु। आर्थिक डिजीटलाईजेसन गरेर सम्पुर्णलेसुचना हेर्न चाहेको खण्डमा पारदर्शी रुपमा देखिने गरी प्रविधि मैत्री NRNA JAPAN बनाउने छु।NRNA JAPAN 2021-2023मापनी प्रविधि मैत्री बनाउन तयारी भएको छ। कामले पुर्णता पाएको छैन। त्यही बॉकी कामलाई पुरा गर्नको लागी पनी मलाई सम्झनु हुनेछभन्ने लागेको छ। पछिल्लो समय नेपालीको संख्या बढे संगै आईपर्न सक्ने समस्याको बारेमा पनि नयॉ टिममा छलफल गरी योजनाबनाएर अगाडी बढ्ने छौं।
यदि मेरो विजय भएमा मैले गर्ने कामले संस्थाको गरिमालाई कति पनि घट्न दिने छैन । त्यसैले “संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपकको उम्मेदवार” मैले नाराको रुपमा छानेको छु।
त्यसैले २०२३ -२०२५ को दुई वर्षे कार्यकालको लागी मलाई कोषाध्यक्ष पदमा अत्यधिक बहुमतले विजय गराई दुई वर्ष यहॉहरुको नैसेवा गर्ने अवसर दिनुहुने छ भन्ने जापानवासी सम्पूर्ण नेपालीहरुमा विश्वास र आश लिएको छु।
एनआरएनए जापानको अघिवेशन जुलाई २९ तारिक हुने तय गरिएको छ ।