मंगलबार यामागुची प्रान्तमा पौडि खेल्ने क्रममा मृत्यु हुनेमा गुल्मी जिल्लाका खरेल र बाग्लुङका कंडेल रहेको पुष्टी

टोकियो

जापानका यामागुची प्रान्तको ईमाजु नदिमा पौडि खेल्ने क्रममा मृत्यु भएका दुई नेपाली युवाको नाम र ठेगाना खुलेको छ ।

आज दिउसो पौडी खेल्ने क्रममा बाग्लुङ जिल्ला बिहु घर भएका कृष्ण कंडेल र गुल्मि जिल्ला दलल्का घर भएका प्रितम खरेल रहेको बुझिएको छ । 

चार जना साथिहरु सगै पौडि खेल्न गएको मध्ये दुई जना पौडि खेल्ने क्रममा बेपत्ता हुन पुगेका कंडेल र खरेललाई उद्दार गरिएपनि बचाउन नसकिएको आफ्न्तले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

जानकारी अनुसार कडेल कुक भिषामा रहेका थिएभने खरेल डिपेन्डेन्ट भिषामा रहेको बुझिएको छ ।

मंगलबार बिदाको दिन खोलामा रमाईलो गर्न गएका चार जना मध्ये कडेल र खरेल पोडी खेल्ने क्रममा बेपत्ता हुन पुगेका थिए ।

ईमाजु नदिमा पोडि खेल्ने क्रममा ४ बजेबाट ५ तिस बजेविचमा दुई जना बेपत्ता भएकोमा खबर पाएपछि सुरक्षाकर्मिले उद्दारगरि बाहिर निकाल्दा बेहोसीमा भेट्टिएको दुबैको मृत्यु हुन पुगेको थियो ।

अहिले दुबैको शवलाई प्रहरीले लगेको खबर छ ।

ताजा समाचार