टोकियो
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ औ अधिवेशनबाट निर्वाचित हुने नयांकार्यसमिति चयनका लागि अनलाईन मार्फत जुलाई ३० तारिक मतदान हुने भएको छ ।
दुई बर्षको कार्यकाल रहने नव निर्वाचित कार्यसमिति चयनका लागि तिन सदस्य रहेको निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिको संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहॅाका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल, ईन्दिरा सुजुकि र कृष्ण अधिकारीलाई चयन गरिएको छ।
जुलाई १४ तारिक एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिक अधिवेशन तथा ३० तारिक अनलाईन प्रणालीबाट निर्वाचन गरिने जनाएको छ।
अनलाईन भोटिगंका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिगं प्रणालीबाट निर्वाचन गरिने छ।