टोकियो
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान २०२३-२५ कार्यकालको लागि युवा संयोजकमा पदमा मुक्तिराज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन ।
लामो समयदेखि आफू जापानको चिवा र टोकियोलाई कर्मथलो बनाएर सक्रिय रहेको र युवा संयोजकका प्रत्यासी रेग्मीले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको रेग्मीले जानकारी दिएका छन ।
एनआरएनए जापानको चिवा क्षेत्रीय समितिमा २०२१देखी २०२३ संयोजक भएर कामको अनुभव सङ्गालेका रेग्मी पर्वत समाज जापानका उपाध्यक्ष समेत हुन ।
आफ्नो कार्यकालमा चिवाको संयोजक पदमा रहदा क्षेत्रलाई प्रविधिमैत्री बनाई नेपाली समुदायमा आईपरेका हरेक किसिमका समस्या र अप्ठ्यारालाई हरेक पक्षसंगको सहकार्यमा समाधान र सहयोग गर्दै आएको बताउदै रेग्मीले एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्मा रहेर सामाजिक सेवालाई समाजप्रति उत्तरदायी बनाई निस्वार्थ र पारदर्शी रूपमा युवा जोश जागर र उत्साहलाई नेतृत्व गर्न आफू सक्षम रहेकोले सो पदमा आफूले उम्मेद्बारी दिएको बताए ।
–