टोकियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी कार्यकालका लागि मनोज श्रेष्ठले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्
गैरआवासीय नेपाली संघ जापानको ११ औँ अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदका प्रत्यासीहरुले उमेद्वारी घोषणा गर्ने क्रम जारी रहेको छ ।
यसैबिच एनआरएनए जापानको आगामी (सन २०२३-०२५) कार्यकालको लागि सचिव पदमा श्रेष्ठले उम्मेद्वारी दिने बताएका छन ।‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारा सहित श्रेष्ठले सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
सन २०१५ देखि एनआरएनए जापानको साधरण सदस्य हुँदै सन् २०१७-०१९ को कान्तो क्षेत्रिय समितिको सह-सचिव हुदैँ हाल एनआरएनए जापानको केन्द्रिय सदस्यका साथै हाईजिमा युथ क्लवको महासचिव, नेपाल जापान फुटबल एसोसिएसनको महासचिव, दोलखा समाजको केन्द्रिय कोषाध्यक्ष जस्ता विभिन्न पदमा रहेर काम गरेको अनुभव भएका श्रेष्ठले अब,एनआरएनए जापानको सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।