टोकियो
सुन्दर नगरि पोखरामा स्थापित भई सामाजिक र अन्तराष्ट्रिय भलिबल खेल सम्पन्न गरेको टाईगर ग्रुप अफ कास्किको पहिलो अन्तराष्ट्रिय समिति जापान यहि २७ तारिक टोकियोमा घोषण हुने भएको छ ।
टाईगर ग्रुप अफ कास्कीका अध्यक्ष नारायण शर्मा जापान भ्रमण आएको समयपारी जापान समिति घोषण हुने जापान संयोजक चन्द्र खत्रीले जानकारी दिनुभएको छ ।
केन्द्रिय समितिले जापानका लागि खत्रीलाई संयोजक तोकिदिए पछि यहि २७ तारिक मंगलबार टोकियो सिन्जुकु स्थित नेपाली मुरा हलमा जापानको पूर्ण कार्यसमिति घोषण हुने आयोजकले जानकारी दिएको छ ।
जापान समिति घोषण गर्नका लागि अध्यक्ष नारायण शर्मा जापान आईपुगेका छन । सोहि दिन जापानमा क्रियासिल संघ सस्थाका पदाधिकारीहरु सग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
यसैबिच

गएको बर्ष पोखरामा सम्पन्न पहिलो अन्तराष्ट्रिय भलिबल प्रतियोगितालाई सम्पन्न गर्न जापानबाट बिभिन्न ब्यक्ति र ब्यवसायीले सहयोग गरेको भन्दै यहि २४ तारिक शनिबार सांझ गोतान्दा स्थित माया रेष्टुरेन्टमा सम्मान पत्र प्रदान गरिने कार्यक्रम आयोजना गरिएको श्री गुरुङले जानकारी दिएका छन ।