टोकियो
जापानको वाकायामा प्रान्तमा प्रधानमन्त्री किसिदा फुमियोले भाषण गर्ने स्थानमा बिष्फोटको आवाज सहित केहि ब्यक्तिहरुलाई नियन्त्रण लिएको जापानिज समाचार एजेन्सी एनएचकेले जनाएको छ ।
शनिबार बिहान ११ः३० बजे प्रधानमन्त्री किशिदाले भाषण गरिरहेको वाकायामा प्रिफेक्चरको वाकायामा सहरको साइगासाकी माछा मार्ने बन्दरगाहको निरीक्षण गरी रहेका बेला उनले भाषण गर्ने स्थानमा बिष्फोट भएको एनएचकेले जनाएको छ ।
बन्दरगाहको निरीक्षण पछि किसिदाले वाकायामा शहरमा भाषण गर्ने कार्यक्रम थियो । बिष्फोटको आवाज सुनिए पछि घटनास्थलबाट प्रधानमन्त्री किशिदा बाहिरिएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।