अन्तराष्ट्रिय नारी दिवशको अवशरमा टोकियोमा शुभकामना कार्यक्रम हुने

टोकियो

अन्तराष्ट्रिय नारी दिवशको अवशरमा जापानको टोकियोमा शुभकामना आदन प्रदान कार्यक्रम हुने भएको छ ।

जापानमा रहेका दिदि वहिनीहरु विच नारी दिवशको अवशरपारी भेटघाट सहित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको आयोजक टिम मध्येका एक गृष्मा पौडेल ओकामोतोले निष्पक्ष न्यूजलाई जानकारी दिनु भयो ।

पौडेलका अनुसार शुभकामना आदान प्रदान कार्यक्रममा ईन्दिरा सुजुकी, सविता श्रेष्ठ एव कमला काप्रीले विभिन्न जिम्मेवारी सहित संयोजन गरिरहेको बताउनु भयो ।

विश्वभरी मार्च ८ मा विश्वनारी दिवश मनाउने भएपनि जापानमा भने मार्च १२ तारिक आईतबार मध्यान्न १२ बजे सिनओकुबो नजिकको बारकाडेको सभाहलमा आयोजना हुने आयोजक मध्येका ईन्दिरा सुजुकीले जानकारी दिनुभयो ।

कार्यक्रममा टोकियो सहितका स्थानहरुबाट नेपाली दिदिबहिनीहरुको सहभागि रहने आयोजकले जानकारी दिएको छ ।

ताजा समाचार