टोकियो
टोकियोसग जोडिएको खानागाव केन(प्रान्त) को योकोसुका नगरसग भगिनि सम्बन्ध विस्तार गर्न चितवनको भरतपुर महानगर पालिकाका मेयर रेणु दाहाल एक हप्ताको लागि जापान भ्रमणमा आउने भएका छन ।

चितवन समाज जापान अध्यक्ष राजन कुमार श्रेष्ठका अनुसार एक हप्ता जापान भ्रमण आउनु हुने मेयर दाहालको ब्यस्त समयका विच चितवनबाट जापान आई बिभिन्न पेशा ब्यवसाय गरेका चितवनेहरुको उपस्थितीमा मेयर दाहालका लागि स्वागत कार्यक्रम गरिने बताउनु भयो ।
श्रेष्ठका अनुसार कार्यक्रम ८ मार्च बुधबार दिउसो १ः३० बजे सिनओकुबो स्थित रातोमाटो रेष्टुरेन्टमा गरिने बताउनु भयो ।
चितवन समाज जापानका सस्थापक अध्यक्ष एवं सल्लाहकार लोकनाथ वस्तीले भरतपुर महानगर र योकोसुका नगर विच भगिनी सम्बन्ध विस्तारको संयोजन गर्नुभएको हो ।
जापानको सामारिक महत्व बोकेको खानागावा क्षेत्रको योकोसुका शहरसगको भरतपुर महानगर पालिकासगको सम्बन्धले छुट्टै एवं विशिष्ट महत्वराख्ने वस्तीले निष्पक्ष न्यूजलाई बताउनु भयो ।
चितवन समाज जापानले छोटो समय विच आयोजन गर्नु परेको जानकारी दिदै कार्यक्रममा उपस्थिती श्रेष्ठले सबैलाई उपस्थितीका लागि अनुरोध गर्नु भएको छ ।
चितवन समाजका महासचिव हरि चन्द्र पौडेलले मेयर दाहालको जापान भ्रमण सहित स्वागत कार्यक्रमलाई प्रभावकारी बनाउन सबै प्रकार सहयोगमा जुटेको जानकारी दिनु भयो ।
कार्यक्रमलाई सभ्य र भब्य बनाउन चितवन समाज जापानले सबैलाई अनुरोध गरेको छ ।