जापानको फुचु शहरको एक होटलमा २० बर्षिय युवतीको घाँटी रेटी हत्या

टोकियो

जापावको टोकियो स्थित फुचु शहरको एक होटलमा २० वर्षका युवतीको घाँटी रेटी हत्या भएको छ ।

होटलमा सगैबसेका करिब ५० बर्षको एक पुरुषले हत्या गरेको अनुमान सहित प्रहरीले अनुसन्धान शुरु गरिएको टोकियो महानगरिय प्रहरीले जानकारी दिएको एनएचके अनलाईनले जनाएको छ ।

प्रहरीका अनुसार ३ तारिख बिहान १ः३० बजे टोकियोको फुचु शहरको कोतोबुकिचोस्थित होटलमा कार्यरत कर्मचारीले ११० मा फोन गरी जानकारी दिएको बताईएको छ ।

जानकारी पछि तत्काल घटनास्थलमा पुगेको प्रहरी होटलको उक्त कोठामा प्रवेश गर्दा युवतीको घाँटीबाट रगत बगेर ढलिरहेको अवस्थामा भेटिएकी थिईन् ।

हत्यार एवं मृत्यु भएका दुबै जापानिज नागरिक रहेको बुझिएको छ ।

ताजा समाचार