जापानको ओकिनावामा नेपाली बिद्यार्थीको ह्रदयघातका कारण मृत्यु

टोकियो

जापानको ओकिनावामा नेपाली २१ बर्षिय नेपाली बिद्यार्थीको ह्रदयघातका कारण मृत्यु भएको छ ।

गएको बर्ष जापानको ओकिनावामा जापानिज भाषा बिद्यार्थीका रुपमा जापान आएका नेपाल दाङ जिल्ला भालुवाङ घर भएका आचार्य थरका बिद्यार्थीको मृत्यु हुन पुगेको हो ।

एनआरएन ओकिनावा क्षेत्रका संयोजक ज्ञानु भट्टले दिएको जानकारी अनुसार एक नेपाली बिद्यार्थीको मृत्यु भएको एवं यो खबर नेपाल घरपरिवारलाई जानकारी दिन अप्ठारो महशुस भएको बताउनु भयो ।

घर परिवार एवं आचार्य अध्यान गर्ने विद्यालयको सल्लाहमा सहयोग गर्ने संयोजक भट्टले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रहरीले नियन्त्रणमा रहेको बताईएको छ ।

ताजा समाचार