जनसम्पर्क समिति कोरियाका पूर्व सभापति सिवाकोटीसग जापानमा अन्तरक्रिया

टोकियो

कोरियामा ब्यवसाय एवं सामाजिक अभियानमा सक्रिय जनसम्पर्क समिति कोरियाका पूर्व सभापति नवराज सिवाकोटीसग टोकियोमा स्वागत सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, एनआरएन आईसिसिका उपाध्यक्ष महेश श्रेष्ठ, एनाआरएन एसिया प्यासेफिकका संयोजक पारशमणि पोख्रेल, जनसम्पर्क समिति जापानका पूर्व सभापतिहरु, डिपि कडेल, डा बलराम श्रेष्ठ, भुपिगोविन्द श्रेष्ठ, एवं शुभाष लामिछाने, राजेन्द्र जम्मरकट्टेल, नवराज थापा, पूर्वि बिकास सहकार्य केन्द्र जापानका अध्यक्ष अमित गौतम लगायतका उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेसको विचारसग सहकार्य गरेको जनसम्पर्क समितिहरुको विश्व संजालका समेत उपसभापति रहेका सिवाकोटीले जनसम्पर्क भित्रको अवस्था एवं निकट भविष्यमा हुने एनआरएनको अधिवेशन लगायतका विषयमा अन्तरक्रिया एवं छलफल भएको जनसम्पर्क समिति जापानका सभापति रोशन केसूले निष्पक्ष न्यूजलाई जानकारी दिनुभयो ।

सिवाकोटी दुई दिन जापान भ्रमण गर्ने समितिले जनाएको छ ।

ताजा समाचार