टोकियो
जापानको राजधानी टोकियो सहितको क्षेत्रहरुमा मंगलबार सांझबाट निकै चिसो हावाहुरीले जिवन कष्टकर बनाएको छ ।
निकै तेजगतिमा लागेको हावाहरुका कारण अहिले निकै चिसो भएको बताईएको छ । हल्का पानि सहितको हावाहुरीका कारण ९ बजेबाट नै टोकियोको तापक्रम माईनसमा पुगेको छ भने आज माईनस ३/४ डिग्री सम्म पुग्ने बताईएको छ । जापानको मौषम विभागले आजबाट निकै चिसो महशुष हुने जानकारी दिदै सचेतता अपनाउन अनुरोध गरेको छ ।
जापानको उत्तरी एवं पश्चिमि क्षेत्रमा भारी हिमपातका कारण सचेत रहन सरकारले चेतावनी नै जारी गरेका छभने विभिन्न क्षेत्रको हवाई उडानहरु रद्द भएको खबरहरु प्राप्त भएका छन ।
जापानको सरकारी समाचार एजेन्सी एनएचकेका अनुसार ठुलो मात्रमा हिमपातका कारण बिभिन्न क्षेत्रमा सडकमा हिउँ थुप्रिएर सवारी आवागमन नै ठप्प हुन पुगेको बताएको छ ।
जापानको तापमान पनि १० वर्षयताकै न्यून बिन्दुमा ओर्लिने र टोकियो र ओसाकामा समेत हिउँ पर्न सक्ने बताईएको छ । हिमपातका कारण जापान एयरलाइन्स तथा र निप्पोन एयरवेजको करिब १ सय २० उडान रद्द भएको जानकारी दिएका छन ।