टोकियो
भाषा विद्यार्थीका रुपमा ३ बर्ष अघि जापान आएका नेपाल गुल्मी जिल्ला घर भएका मगर थरका करिब २२/२३ बर्षका एक युवाको जापानको फुकुओकामा मृत्यु भएको छ ।
जनवरी १७ तारिकबाट सम्पर्क विहिन भएका मगरलाई साथिहरुले खोज्दै कोठामा जादा आईतबार आफ्नो मृत्यु आफैले रोजेको अवस्थामा भेटिएको समाचार प्राप्त भएको छ ।
मगरले गएको बर्षको ओसोजमा गएर फेशबुक मार्फत प्रेममा परेकासग विबाह समेत गरेको बुझिएको छ । केहि समय देखि जिवन र परिवारका बारेमा दिक्कदारी बताउदै आएका मगरले के कारणले यस्तो अप्रिय निर्णय गरे उनलाई नजिकबाट चिन्ने साथिहरु पनि दुखि भएका छन ।
घरमा बाबा आमा श्रीमती र भाई रहेको मगरको परिवारमा मगरको मृत्युको खबर भाई मार्फत पुगेको जानकारी प्राप्त भएको छ ।
मगरको शवलाई प्रहरीले हस्पिटल लगिएको छ भने नेपालमा परिवारलाई नेपाली राजदूतबास मार्फत जानकारी दिने स्कुलले जानकारी दिएको छ ।
२०२३ को पहिलो महिनाको तेश्रो हप्तामा नै २ नेपाली युवाको मृत्युहुन पुगेको छ । जनवरी २०२३ को पहिलो दिन नै एक नेपाली युवाको टोकियो मृत्यु भएको थियो ।