जापानमा आज विहानबाट अत्यधिक जाडोसगै हिमपात शुरु, टोकियोमा पनि हिउ पर्ने

टोकियो


टोकियो 

जापानमा सोमबार विहानबाट जापानमा मौषममा आएको बदलीसगै अत्याधिक जाडो महशुस गरिएको छ । 

मौसममा आएको परिवर्तनलाई याद गर्दै भारी हिमपात एवम् अत्यधिक चिसोको लागि तयारी अलस्थामा रहन सर्वसाधारणहरुलाईअनुरोध गरिएको छ ।

यो जाडोले जापानभरी नै हिउ पर्ने बताईएको छ भने जाडो विहिबार सम्मै रहने र बाक्लो हिमपात गराउने सक्ने चेतावनी मौसमअधिकारीहरुले दिएका छन् । खासगरी देशको उत्तर र पश्चिमी क्षेत्रमा मौसम चरम चिसो हुने बताईएकोमा आज विहानबाट नै बाक्लोहिउपात भईरहेको खबर छ । 

मंगलबारदेखि बिहीबारसम्म जापानको मौसमलाई यो सिजनकै सबैभन्दा चिसो हुने बताइएको छ । सी अफ जापानतर्फको तटीय क्षेत्रमाभरी हिमपात हुने अनुमान विभागको छ । प्रशान्त तटतर्फका जापानको पस्चिम देखि होक्काईदो सम्म  हिमआँधी आउने चेतावनी नै जारीगरिएको छ ।

पूर्वी र पश्चिमी जापानका कयौं क्षेत्रमा तापमान माईनस भन्दा तल्लो स्तरमा झर्नेछ पनि तल झर्नेछ । पाइपमै पानी जम्न सक्ने चेतावनीसमेत अधिकारीहरुले दिएका छन् । 

ताजा समाचार