टोकियो
जापानको सम्राट एवं महारानीको उपस्थितीमा शुक्रबार विहान जापान प्रहरीको नयाँवर्षको प्रर्दशनी समारोहमा सम्पन्न भएको छ ।
जापानका सम्राट नारुहितो र महारानी मासाका ३ वर्षमा पहिलो पटक राज/रानी दुबैको उपस्थित रहेको थियो ।
आज (२० तारिख) बिहान १० बजेअघि उक्त समारोह हेर्नका लागि टोकियो दरबारको पूर्वी बगैंचामा सम्राट नारुहितो महारानी मासाको संगै उपस्थित भएका थिए। सम्राटले यस अघि गद्दि आरोहरण गर्नु अघि सन १९८६ मा पनि एक पटक निरीक्षण समारोहमा भा लिएका थिए । तर सम्राट र महारानी दुबैले निरीक्षण समारोहमा भाग लिएको यो पहिलो पटक हो।
निरीक्षण समारोहमा गार्डहरू सहित करिब २ सय ७० जनाले भाग लिएका थिए। राजपरिवार सुरक्षण प्रहरी प्रमुख हिरोयुकी माचुमोतोले कन्भर्टेबलमा लाइनमा बसेका गार्डहरूको निरीक्षण गरेसंगै घोडचढी र साइडकारहरूले ब्यान्डको मार्चिङ संगीतमा परेड गरेका थिए ।