जापानमा बढ्दो महङ्गीको नयां रेकर्ड कायम हुदा ४१ वर्षमा पहिलो पटक ४ प्रतिशले मुल्य वृद्धि

टोकियो

जापानमा गएको महिना ४१ बर्ष पछि सबै भन्दाबढी महङगीको नयां रेकर्ड कायम हुन पुगेको छ ।

उपभोक्ता मूल्य सूचकांक (CPI) अघिल्लो वर्षको सोहि अवधीको तुलनामा ४ प्रतिशतले बढेको छ ।

उपभोक्त मूल्य सूचकांकमा दैनिक उपभोग गरिने सामान र सेवाहरूको मूल्यको तुलनामा उक्त सूचकांक डिसेम्बर महिनाको गत वर्षको सोही महिनाको तुलनमा ४ प्रतिशतले वृद्धि भएको हो।

यो ४ प्रतिशतको वृद्दि सन १९८१ पछि ४१ वर्षमा जापानको दैनिक उपभोक्ता मूल्य सूचकांक यो बिन्दुमा पुगेको हो। मुख्यतया खाद्यान्न, बिजुली र ग्यासको मूल्य बढेको कारणले आम उपभोक्ताहरु जापानमा चर्को महंगीको मारमा परिरहेका छन्।

जापानमा अघिल्लो वर्ष झण्डै २३ हजार घरयासी प्रयोजनका उपभोग्य वस्तु तथा सेवाको मूल्य न्युनतम १० प्रतिशतभन्दा धेरैले वृद्धि भएका थिए। यो क्रम यसवर्षपनि कायम रहने आँकलन गरिएको छ। तेईकोकु डेटा बैंकले यस अघिनै य वर्ष ७ हजार ५ सय वस्तुहरुको मूल्य बढ्ने बजार सर्वेक्षण जारी गरिसकेको छ।

ताजा समाचार