टोकियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले पंजीकृत र प्रारम्भिक सदस्यता आव्हान गरेसगै जापानमा नयां नेतृत्वका बारेमा चर्चा शुरु भएको छ ।
सन् २०२३-२०२५ कार्लायगि यही जनवरी १६ बाट मे ५ सम्म आवेदन दिन सक्ने गरी सदस्यता आह्वान खुल्ला गरिएको हो ।एनआरएनए प्रवक्ता सुवास लामिछानेका अनुसार दुई किसिमको सदस्यतामध्ये पजीकृत सदस्यका लागि गैरआवासीय नेपाली संघ जापानले तोकेको शुल्क बुझाएर सदस्य बन्न सकिनेछ र यस्ता सदस्यलाई मताधिकार पनि रहने छ।
त्यसै गरी प्रारम्भिक सदस्यता आवेदन निःशुल्क गर्न सकिने छ । यो सदस्यता नेपालबाट जापानमा अध्ययनका लागि आएका बिद्यार्थीहरूलाई प्रदान गरिने छ । यस्ता सदस्यहरूले उमेदवारी र मताधिकार बाहेकका सेवा सुबिधा पाउने छन् ।
सदस्यताका लागि जापाानमा भिषा अवधि रहेको जाईरियो कार्डको फोटो, एनआरएए जापानको खाता नं 10930-13431561 मा आवेदकको नाम उल्लेख गरी एक हजार येन जम्मा गरेको स्लिपको फोटो पठाउनुपर्नेछ ।
त्यसै गरी नेपाली मुलका जापानिज नागरिकहरूले जाईरियो कार्डको ठाउँमा पासपोर्टको फ़ोटो भएको पेज अपलोड गर्नुपर्ने छ । सदस्यता प्राप्तिका लागि एनआरएनए को स्मार्टएप्सलाई डाउनलोड गरी सदस्यताको लागि आवेदन दिन सकिनेछ ।