टोकियोको यामनोते लाईन जनवरी ७/८ ओसाकिबाट सिबुया सिन्जुकु हुदै ईकेबुकोरो सम्मको सेवा बन्द हुने

टोकियो

टोकियोकोमा धेरै जनाले प्रयोग गर्ने यामानोते रेल (७ तारिख शनिबार ८ तारिख आईतबार ) टोकियोको ओसाकि स्टेशन देखि सिबुया, सिन्जुकु हुदै ईकेबुकोरो आउने/जाने रेल सेवा बन्द हुने भएको छ ।

टोकियोबासीहरुको भरपर्दो रेल सेवा यामानोते (山手線) रेल सेवाको सिबुया स्टेसनमा मर्मत गरिने हुदा, शनिबार र आईतबार यामानोते लाईनको ट्रेन ईकेबुकुरोबाट ओसाकी र ओसाकीबाट ईकेबुकुरोसम्म मात्रै संचालन हुदा ५ लाख ३० हजार यात्रा प्रभावित हुने अपेक्षा गरिएको छ ।

जेआरईस्ट कम्पनीले यात्रुहरूलाई वैकल्पिक यातायात प्रयोग गर्न र यात्राको लागि थप समय छुट्याउन अनुरोध गर्दै टेलिफोन सहित जेआर ईस्टको वेवसाईटबाट पनि जानकारी लिन सकिने ब्ववस्था गरिएको छ ।

ताजा समाचार