टोकियो
घनकुटा घर भई टोकियोको ईकेबुकोरोमा बस्ने जापानिज भाषा विद्यार्थी अनिश कटुवालको मृत्यु भएको छ ।
कटुवालसग तिन साथिहरुसग बस्ने गरेका थिए । दिनको काम सकेर सांझ नयां बर्ष मनाउन गएका साथिहरु विहान आईपुग्दा कटुवाल बाथरुममा मृत भेटिएका बताईएको छ ।
एक बर्ष अघि जापान आएका कटुवालको बाथरुममा मृत भेटिएको थिए ।
कटुवालको मृत्यु के कारणले हुन पुगेको स्पष्ट हुन सकेको छैन । प्रहरीले कटुवालको शवलाई पोष्टमार्टमका लागि लगेको छ भने मृत्युको कारण पोष्टमार्टम पछि पत्ता लाग्न सक्ने बताईएको छ ।
टोकियो स्थित दूतबासले जनाए अनुसार एक नेपालीको मृत्यु भएको जानकारी भएपनि मृत्युको कारण स्पष्ट हुन नसकेको जानकारी दिईएको छ ।