जापानमा २०२२: दुई नेपालीको हत्या, नौ जनालाई ह्रदयघात, नौ सुसाईड, पौडि खेल्दा पान्डे दाजुभाईको मृत्यु

टोकियो

जापानमा बसोबास गर्ने नेपालीहरुको सख्यामा बृद्दीसगै हत्या, आत्महत्या र नेपालीहरुको मृत्यु हुने क्रम यो बर्षमा पनि बृद्दी हुन पुगेको छ ।

२०२२ लाई फर्केर हेर्दा जापानमा करिब १ लाख ३० हजार नेपालीहरु बसोबास गर्दा घरायसी झगडा, छोडपत्र, र माया प्रेम मात्र होईन नेपालीले नेपालीलाई हत्या गरेको दुई घटना घटेको छ । एकको आरोपीलाई अदालतद्दारा जेल सजय सुनाईएक छभने एक घटनामा जापान प्रहरीद्दारा छानविन जारी रहेको छ ।

२०२२ बर्षको पहिलो हप्ता जापानको फुकुओकामा साथिहरुसग रमाईलो गर्न बसेका गोर्खा घर भएको सुजना बर्सेलाको आफ्नै साथि प्रशान्त ढकालले घाटी अठ्ठाई हत्या गरेको आरोपमा ३० बर्ष जेल गएका छ भने सहयोगि भुमिका खेलेको भन्दै दिलिप दर्लामीलाई ३० मान क्षतिपूर्ति दिन अदालतले आदेश दिएको सुजनाका पारिवारिक आफ्न्त माधव सिग्देलले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

त्यसैगरी २०२२ को अन्ततिर गुन्न्मा प्रान्तको ईसासाकी शहरमा बस्ने ४२ बर्षिय लक्ष्मी अधिकारी बस्नेतको पोखरा घर भएका ३७ बर्षिय विस्वराज आचार्यले छुरा हानि हत्या गरेका छन ।

प्रहरीले हत्यार भनिएका आचार्यलाई छानविन जारी रहेको जानकारी दिएको छ । आचार्यले के कारणले हत्या गरे त्यो भने स्पष्ट हुन सकेको छैन ।

यसैगरी २०२२ मा जापानमा बस्ने ९ नेपालीहरुलाई ह्रदयघातका कारण ज्यान गुमाएका छन भने दुई जना सुतेकै स्थानमा मृत्यु हुन पुगेको छ ।

यसैगरी २०२२ मा ९ जनाले सुसाईड गरेका छन । १७ बर्ष देखि ४६ बर्ष विचका ९ जनाले सुसाईड गरेका छन । सुसाईका अधिकांस घटनाहरु पारिवरिक वेमेल एवं विद्यार्थीहरुमा हतासका कारण सुसाईड गरेको हुन सक्ने बताईएको छ ।

२०२२ मा जापानमा भएको तिन मृत्यु भने निकै भावुक बनाउने प्रकारका रहेका छन । टोकियोको ताचिकावा बस्ने १३ र १४ बर्षका क्रिस पान्डे र देवेन पान्डे तामा खोलामा पौडि खेल्ने क्रममा मृत्यु वरण गरेका छनभने गुन्मा स्थित हस्पिटलमा छोरीलाई जन्म दिएकी सविना गुरुङको रक्तश्रवका कारण सुत्केरी अवस्थामा नै मृत्यु हुन पुगेको छ ।

त्यसैगरी सोलुखुम्बु घर भएका ४१ बर्षिय मन कुमार मगरको नागोयामा प्रहरी हिरासतमा मृत्यु हुन पुगेको छ । परिवार सहित नागोयामा बसोबास गर्ने मगर हराएपछि प्रहरी हिरासतमा भेटिएको बताएई पनि प्रहरीले परिवारलाई मगरको मृत्यु भएको जानकारी गराएको थियो । मृत्यु संकास्पद भएको भन्दै परिवारले प्रहरी बिरुद्द छानविनका लागि निवेदन दिएका छन ।

२०२२ मा सडक दुर्घटनामा २ जना नेपालीको ज्यान गएको छ । गुल्मी कुर्घा घर भएका ४० बर्षिय लक्ष्मी अर्याल र कास्की निर्मलपोखरी घर भएका २९ बर्षिय सुनिता केसीको सडक दुर्घाटनमा मृत्यु भएको हो अर्यालको विहान ९ बजे दुर्घटनामा परेका थिएभने केसी राति ९ बजे ।

मृत्यु भएका अधिकांसको अन्तेष्टी जापानमा नै सम्पन्न भएको छभने केहिको शव नेपाल पठाईएको छ ।

नेपाली बृद्दलाई दुरब्यवहार

२०२२ को अन्ततिर टोकियोको थाकादानाबाबा स्थित अर्केको कोठामा बस्ने एक नेपाली परिवारलाई एक जापानिजले गरेको दुरब्यवहार सामाजिक संजालमा भाईरल नै बन्यो, अधिल्लो रात भएको घटना दुई पछि जापानिजले माफि मागेपछि मिलेको जस्तो देखिएको घटना के कारणले घट्यौ र के कारणले मिल्यौ धेरैले स्पष्ट हुन नसकेको बताएका छन ।

२०२२ मा जापानमा कोरोनाले निकै दुख दिएपनि कुनै पनि नेपालीको कोरोना सक्रमणका कारण अप्रिय समाचार सुन्न परेको छैन ।

२०२२ले धेरै कुराहरु दिएर गएको छ । २०२३ सबैको राम्रो र शुभ रहोस सबैलाई २०२३ को नयां बर्षको शुभकामना ।

ताजा समाचार