टोकियो
डिसेम्बर महिनाको तेश्रो साता संसार कै फेशन हब मानिने टोकियोमा नेपाली युवा फेशन डिजाईनर रोजिना मल्लको पहिलो फेशन सो भब्यताका साथ सम्पन्न भएको छ ।
संसार कै ठुलो महानगर मध्येको एक टोकियो र टोकियोको पनि फेशन हब मानिएको ओमोतेसान्दोमा सम्पन्न भएको फेशन सोमा मल्लका डिजाईनहरुलाई नेपाली, जापानि सहित ५ देशका मोडेलहरुले सार्वजानिक गरेका हुन ।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको विशेष उपस्थिती रहेको कार्यक्रममा नेपाली समुदयका अगुवा सहित जापानका राजनितिज्ञ, मोडेल एवं व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका २६ बर्षिय मल्लले ईभिनिङ गाउन, नेपाली कला र कलरको समिश्रण सहित अफिसियल जेन्सका लागि कोट सहितका बिभिन्न डिजाईनहरुलाई ब्यवसायिक मोडेलले प्रस्तुत गरेका थिए ।
मारुरा नाम दिईएको फेशन सोले जापानमा बस्ने नेपालीहरुका विच मल्लले आफ्नो छुट्टै पहिचान बनाएका छन भने जापानिज फेशनको क्षेत्रमा नेपाली डिजाईनरको प्रवेश समेत मानिएको छ ।