नेपाली व्यवसायी संघ(एनविए) जापानको आयोजनामा टोकियोमा शुभकामना सहित सुझाव संकलन

टोकियो

जापानमा बसि बिभिन्न व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुको सस्था नेपाली व्यवसायी संघ (NBA) जापानको आयोजनमा शुक्रबार टोकियोमा नयां बर्ष २०२३ को शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीले नयां बर्षको शुभकामना आदन प्रदान सहित संघले विगतका बर्षहरुमा संचालन गरेका योजनाहरु एवं आगमि बर्षमा नेपाली व्यवसायीहरुलाई लक्षित गरि व्यवसायमा बृद्दी पुर्याउन सकिने क्षेत्र रविषयहरुका बारेमा सुझाव संकलन गरिएको निष्पक्ष न्यूजलाई बताउनु भयो ।

कार्यक्रममा एनविए जापानका वरिष्ट उपाध्यक्ष दधिवल खडाकले गएको बर्षमा सस्थाले संचालन गरेको कार्यक्रमहरुका बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा एनआरएन आईसिसिका उपाध्यक्ष एवं व्यवसायी महेश श्रेष्ठ, आईसिसि उपमहासचिव एवं व्यवसायी ओम गुरुङ, आईसिसि सदस्य एवं व्यवसायी रोविन शेरचन, आईसिसि सदस्य एवं व्यवसायी श्रवण सत्याल, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल लगायतले जापानको कानुन, नेपाली व्यवसायीको लगानीका सम्भावना क्षेत्र लगायतका बिबिध पक्षहरुमा सुझाव दिएका थिए ।

नेपाली व्यवसासी संघ जापानमा अहिले फुकुओका र नागोयामा क्षेत्रीय समितिहरु सक्रिय छन भने शुक्रबारको कार्यक्रममा जापानमा व्यवसाय गरिरहेका करिब ८० जना व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

संघले निकट भविष्यमा अधिवेशन गर्ने तयारी थालेको छ ।

ताजा समाचार