टोकियो
गैर आवासीय नेपाली संघ जापानको चिवा क्षेत्रीय समितीले शनिबार कार्यलय शुरुवात सहित वेभ साईट र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जापानको टोकियोसगै जोडिएको चिवा क्षेत्रमा धेरै नेपालीहरु बसोबास गर्ने भएकाले सबै नेपालीहरुलाई सजिलोसग सहयोग पुर्याउन चिवाको ग्यातुकु शहरमा कार्यलय स्थापना गर्दै वेभ साईटको पनि शुरुवात गरिएको चिवा क्षेत्रिय समितीका संयोजक मुक्तीराज रेग्मीले जानकारी दिनुभयो ।
एनआरएन आईसिसिका उपाध्यक्ष महेश श्रेष्ठको प्रमुख आतिथ्यततामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले नेपाली समुदायलाई सहयोग पुर्याउने लक्ष्य सहित योजना बनाउन सुझाव दिएका थिए ।
कार्यक्रममा एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, आईसिसि सदस्य श्रवण सत्याल, एनआरएन जापानका संरक्षक अनिता गुरुङ, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष रोशन केसी, गलकोट समाजका अध्यक्ष कालिका थापा, पत्रकार महासंघ जापानका सल्लाहकार दिपक गौतम लगायतले सुझाव सहित शुभकामना ब्यक्त गरेका थिए ।
एनआरएन जापानमा १२ वटा क्षेत्रीय समितीहरु क्रियासील रहेका छन ।